एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै
काठमाडाैं | भदौ ३१, २०८०
काठमाडौं: एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्काले प्रतिस्पर्धा गर्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे कोलोम्बोमा हुनेछ ।
श्रीलङ्का र भारतको सुपर फोरमा ४-४ अङ्क थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । सुपर फोरमा भारतसँग श्रीलङ्का ४१ रनले पराजित भए पनि पाकिस्तानलाई दुई विकेट र बङ्लादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
भारतले श्रीलङ्कालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बङ्लादेशसँग भने ६ रनले पराजित भएको थियो । श्रीलङ्काले २०२२ मा टी-२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए। रोहित शर्माले भारतको र श्रीलङ्काको दासुन शानकाले कप्तानी गर्नेछन् ।
यसअघि भारतले सात पटक र श्रीलङ्काले ६ पटक एसिया कपको उपाधि जितेका छन् ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

